
दोलखाको बिगु गाउँपालिका-५ आलडाँडा बस्ने ५२ वर्षीय तारा बहादुर बयलकोटी सोही ठाउँस्थित गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सर्लाहीको बसबरिया गाउँपालिका-१ विर्ता टोल बस्ने ४५ वर्षीय जयमंगल राय पनि सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ अमरसिंह चोकस्थित खाली जग्गामा अन्दाजी ४२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी अछामको तुर्माखाद गाउँपालिका-१ टुणास्थित कर्णाली नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । चार वटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।