२४ जेठ २०८३, आइतबार

उत्तरी चीनको एक आवासीय भवनमा ग्याँस विस्फोट हुँदा सात जनाको मृत्यु

चैत ९, २०८०
काठमाडौं
उत्तरी चीनको एक आवासीय भवनमा ग्याँस विस्फोट हुँदा सात जनाको मृत्यु

उत्तरी चीनको एक आवासीय भवनमा ग्याँस सिलिण्डर विस्फोट हुँदा सात जनाको ज्यान गएको छ । राजधानी बेइजिङको पूर्वमा रहेको हेबेई प्रान्तको आवासीय क्षेत्रमा रहेको भुइँ तल्लामा रहेको रेस्टुरेन्टमा ग्याँस विस्फोट हुँदा सात जनाको ज्यान गएको राज्य प्रसारक सीसीटीभीले जनाएको छ।

सीसीटीभीका अनुसार विस्फोटमा २७ जना घाइते भएका छन् । विस्फोटमा चार तले भवन ध्वस्त भएको सीएनएनले जनाएको छ । 

ग्याँस चुहावटले विस्फोट भएको अनुमान गरिएको छ । यद्यपि उनीहरूले विस्फोटको खास कारण वा स्थान पहिचान गरेका छैनन् ।

विष्फोट स्थलबाट सडक पार भएका भवनहरू पनि प्रभावित भएको समाचारमा उल्लेख छ । गत जुनमा उत्तरपश्चिमी निङ्जिया क्षेत्रको एक बारबेक्यू रेस्टुरेन्टमा ग्याँस विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्