०९ साउन २०८३, शनिबार

महरा केही दिन अस्पतालमै रहने

चैत १०, २०८०
काठमाडौं
महरा केही दिन अस्पतालमै रहने

जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा शुक्रबार रिहा भएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वउपसभामुख कृष्ण बहादुर महरा केहीदिन अस्पतालमै रहने भएका छन् । उनी पक्राउको अवधिमा पनि स्वास्थ्यको कारण देखाउँदै अस्पतालमै बसेका थिए । 

 स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार महरा केही दिन अस्पतालमै रहने पारिवारिक स्रोतले बतायो । 
सरकारी वकिलको सहमतिपछि सीआईबीबाट हाजिर जमानीमा रिहा भएका महरालाई घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या रहेको बताइएको छ । 
इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्