१२ साउन २०८३, मंगलबार

स्पेनमाथि कोलम्बियाको ऐतिहासिक जीत

चैत १०, २०८०
काठमाडौं
स्पेनमाथि कोलम्बियाको ऐतिहासिक जीत

कोलम्बियालेस्पेनमाथि ऐतिहासिक जीत दर्ता गरेको छ । लन्डन स्टेडियममा शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियाले स्पेनलाई १–० ले पराजित गरेको हो । कोलम्बिययाले पहिलोपटक स्पेनलाई हराएको हो । 

कोलम्बियालाई ऐतिहासिक जीत दिलाउन दोस्रो हाफमा ड्यानियल मुनोजले गरेको गोल नै निर्णायक बन्यो । डिफेन्डर मुनोजले ६१औं मिनेटमा गोल गर्न सफल भएका थिए । 

खेलको पहिलो हाफ भने स्पेनको पक्षमा रहेको थियो । तर, गोल गर्न भने चुकिरहेको थियो । स्पेनले सन् २०१६ पछि पहिलोपटक मैत्रीपूर्ण खेलमा पराजित पराजय भोगेको हो । सन् २०१६ को जुनमा स्पेनले जर्जियासँग हार बेहोरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्