×

NMB BANK
NIC ASIA

कोशीमा होली : ११७ ठाउँमा चेकजाँच, ५ हजार प्रहरी परिचालन गर्ने तयारी

विराटनगर | चैत ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सोमवार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ । होलीको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ४ हजार ८ सय ६५ प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।

Muktinath Bank

भोलि (सोमवार) प्रदेशभरिमा ११७ ठाउँमा चेकिङ,  मोबाइल गस्ती ९६, पैदल गस्ती १८७, क्यूआरटी ३७८, अनुगमन ३१, रिजर्भ ३२ रहने प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होलीमा सुरक्षा व्यवस्था मजबुत बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा सीसी क्यामेराबाट पनि निगरानी गरिने छ ।


Advertisment
Nabil box
Kumari

मोरङ  प्रहरीले होली विशेष सुरक्षा योजना नै बनाएको छ ।

Vianet communication
Laxmi Bank

विराटनगरमा मात्र ७ सय बढी प्रहरी परिचालन गर्ने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनले मर्यादित रूपमा होली मनाउन आग्रह गरेका छन् ।

‘होलीमा मदिरा सेवन गरी सवारी चलाउने गरेको पाइन्छ । झै–झगडा, चोरी, पकेटमार र सवारी दुर्घटना हुँदा ज्यानै जान सक्ने अवस्थासमेत हुन्छ', उनले भने, ‘त्यस कारण विराटनगरमा तीन दर्जनभन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ । जसले सम्भावित घटनाहरूलाई न्यूनीकरण गर्दछ ।’

होलीमा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न विराटनगरमा सुरक्षाकर्मी खटिने उनले बताए । ट्राफिक कार्यालयबाट मात्रै दुई सय बढी हाराहारीमा सुरक्षाकर्मी खटिनेछन् ।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठूलो आवाज निकाल्ने, मोटरसाइकमा तीन जना चढ्ने, हेलमेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेमाथि विशेष निगरानी हुने प्रहरीले जनाएको छ ।

अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने उनले बताए । 

अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्नेलगायत गतिविधि गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिएको  एसपी कार्कीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x