०२ असार २०८३, मंगलबार

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

चैत ११, २०८०
सुर्खेत
सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

कैलालीको भजनीमा नुहाउने क्रममा डुबेर १ बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भजनी नगरपालिका–२ रजवाराका १३ वर्षीया बालिका ममता विक छिन् । उनको काँडा नदीमा नुहाउने क्रममा आज डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

भजनी– सुख्खड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।​

दुर्घटनामा घाइते भएका सु प प्र ०१०१० प ९०६८ नम्बरको मोटरसाइकलका चालक भजनी नगरपालिकाका २५ वर्षीय धिरज चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिएर फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, कैलालीको चुरेपहाडी क्षेत्र मोहन्याल गाउँपालिका–३ मा रहेको साँघुरो खोलामा आजै एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

सुर्खेत घर भई हाल मोहन्यालमा बस्दै आएका ४२ वर्षीय भक्तबहादुर रानामगर उक्त खोलामा मृत भेटिएका हुन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्