१२ साउन २०८३, मंगलबार

आयरल्यान्ड ‘ए’ले दियो नेपाललाई १२२ रनको लक्ष्य

चैत १२, २०८०
काठमाडौं
आयरल्यान्ड ‘ए’ले दियो नेपाललाई १२२ रनको लक्ष्य

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ले टी–२० क्रिकेटको पहिलो खेलमा नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा साेमवार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १२१ बनाएको हाे । 

आयरल्यान्डका लागि स्टेफन दोनीले ४६ रनको उच्च योगदान दिए । यस्तै थोमस मयस र लियाम म्याकार्थीले दुवैले १६–१६ रनको बनाए । 

नेपालका लागि गुल्सन झा, ललित राजवंशी र कुशल भुर्तेल तीनै जनाले दुई–दुई विकेट लिए । 

करण केसीले एक विकेट लिए ।
 

salt training

कमेन्ट गर्नुहोस्