१५ असार २०८३, सोमबार

नेपाल संवत् अब सफ्टवेयर र एपबाट हेर्न सकिने

चैत १२, २०८०
काठमाडौं
नेपाल संवत् अब सफ्टवेयर र एपबाट हेर्न सकिने

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेशनलले तयार पारेको नेपाल संवत्‌को ‘तिथि मिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्‌को गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे ।

'नेपाल संवत्‌लाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्नेछ, अब यो एप कार्यान्वयनमा जान्छ', उनले भने ।

सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ।

यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए ।

उनले यो सफ्टवेयरबाट नेपाल संवत्‌सँगै विक्रम संवत् र इस्वी संवत्‌को सयौं वर्ष अगाडि र पछाडि गएर बार, गते, वर्ष एवं तिथि हेर्न सकिने बताए ।

सकारले नेपाल संवत्‌लाई अनिवार्य रुपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको अवस्थामा एप तथा सफ्टवेयरले कामकाजमा सहयोग हुने विश्वास लिइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्