१७ असार २०८३, बुधबार

४ असईसहित २३ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन [सूचनासहित]

चैत १३, २०८०
काठमाडौं
४ असईसहित २३ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन [सूचनासहित]

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कविहीन भएका २३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । 

कार्यालयले विगत एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका चार प्रहरी सहायक निरीक्षक, एक प्रहरी हवल्दार,  १७ प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगीसहित २३ जनालाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । 

खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको कार्यालयले जनाउको छ ।

सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनीसमेत दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्