
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड ए विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार मध्याह्न टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिलो ब्याटिङ रोजेका हुन् ।
पछिल्लो खेलमा ६ विकेटको जीत दर्ता गरेको नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा हुनेछ ।
नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अनिल शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन् ।