२४ जेठ २०८३, आइतबार

विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत १३, २०८०
काठमाडौं
विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सापकोटासहित भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टरनेशनल प्रालि, प्रालिका सञ्चालकहरू शेरबहादुर बस्नेत र भन्सार एजेन्ट प्रतिनिधि सरनकुमार खरेलविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बिगो कायम गरिएको छ ।

उनीहरू चीनबाट आयात गरेको सामानको प्रज्ञापनपत्र नम्बर  ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटा र शर्माले विराटनगर भन्सार कार्यालयमा जाचँपासको लागि देव इन्टरनेशनल प्रालिले ल्याएको सामानको जाचपाँस गर्ने क्रममा अनियमितता गरेका आयोगको दाबी छ । आयोगका प्रवक्ता घिमिरेका अनुसार उनीहरूले न्यून बिजकीकरण गरी गुणस्तर फरक पारी प्रचलित कानून बमोजिम लिनुपर्ने राजस्व रकम समेत नलिई तथा छोड्ने कोशिश गरेका थिए ।

उनीहरूले  भन्सार विभागबाट नियमित ताकेता तथा निगरानी भएपश्चात् सिस्टम मार्फत दर्ता भएको प्रज्ञापनपत्र दर्ता नम्बर  ७२६ को प्रज्ञापनपत्र डिलिट र रद्द गरेको पाइएको हो ।

भन्सार विभाग र अर्थ मन्त्रालयबाट लगातार फलोअप  भएको तथा छानबिन समिति गठन गरेपश्चात प्रतिवादी तारा प्रसाद सापकोटा समेतको उपस्थितिमा मिति २०७९ माघ १० गतेको नयाँ प्रज्ञापनपत्र नम्बर ४०५७ दर्ता गरेका थिए ।

सुरु घोषणा गरेको रकम ७३ हजार ४३२ अमेरिकन डलरमा ८६ हजार ६९९ डलर थप गरी गराई भन्सार प्रक्रिया पूरा गरेर नियमानुसार लाग्ने जम्मा १ लाख ६० हजार ३४१ डलर मूल्य राजस्व लाग्ने निर्णय गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रचलित कानूनबमोजिम राजश्व निर्धारण गर्दा र वस्तु मूल्याङ्कन गर्दा पेश भएको प्रज्ञापनपत्रको वस्तुको गुणस्तर फरक पारी अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्