०२ साउन २०८३, शनिबार

कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनीत

चैत १३, २०८०
काठमाडौं
कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गरेका छन् ।

उनले पार्टीको  विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा रणबहादुर रावल प्रमुख रहेको विभागमा आज १० सदस्य मनोनीत गरेका हुन् ।

विभागमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रह्लादबाबु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बिकुमारी थापा र उत्तमराज जोशी मनोनयन भएका कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्