२५ जेठ २०८३, सोमबार

दक्षिण अफ्रिकामा संसदीय निर्वाचनः १४ हजारभन्दा बढी उम्मेदवार मैदानमा

चैत १४, २०८०
काठमाडौं
दक्षिण अफ्रिकामा संसदीय निर्वाचनः १४ हजारभन्दा बढी उम्मेदवार मैदानमा

जोहानेसबर्ग–दक्षिण अफ्रिकामा मे २९ मा हुने नेसनल एसेम्बली र नौवटा प्रान्तीय व्यवस्थापिकाको लागि हुने ८८७ सीटमा प्रतिस्पर्धाका लागि १४ हजार ६६२ उम्मेदवारहरूले नामावली दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । 

राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पेस गरेको उम्मेदवारको सूची आयोगले मङ्गलवार सार्वजनिक गरेको हो ।  

निर्वाचनका लागि सबैभन्दा ठूलो मतपत्रमा ५६ जना उम्मेदवारहरूको नामावली रहने आयोगले जनाएको छ ।  

दक्षिण अफ्रिकामा कुनै अपराधमा दोषी ठहरिएको र जरिवानाको विकल्पबिना १२ महिनाभन्दा बढी जेल सजाय भएको व्यक्तिले चुनाव लड्न नपाउने कानुनी व्यवस्था छ । 

यसैगरी आइइसीले चुनाव लड्ने उम्मेदवारहरूको अन्तिम सूची अप्रिल १० मा प्रकाशित हुने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्