
आपराधिक लाभ लिन नहुने कसूरमा नेकपा एमालेनिकट अनेरास्ववियुकी स्थायी कमिटी सदस्य राजमति (रक्षा) बमलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई काठमाडौंको बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले लोकान्तरलाई जानकारी दिए ।
'रक्षा भनिने राजमति बमलाई आपराधिक लाभ लिएको कसूरमा हामीले पक्राउ गरेका हौं', अधिकारीले लोकान्तरसँग भने, 'आजै जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया शुरू गरिएको छ ।'
उनीमाथि पीडितको मोबाइल कब्जा गरेर आपराधिक लाभ लिएको भन्दै उजुरी परेको थियो ।