१० साउन २०८३, आइतबार

बलिउड अभिनेत्री तापसीले गरिन् ओलम्पिकमा पदक विजेता डेनिस खेलाडीसँग बिहे

चैत १४, २०८०
काठमाडौं
बलिउड अभिनेत्री तापसीले गरिन् ओलम्पिकमा पदक विजेता डेनिस खेलाडीसँग बिहे

बलिउड अभिनेत्री तापसी पन्नुले ओलम्पिक खेलकुदमा पदक विजेतासमेत रहेका  डेनमार्कका पूर्वब्याडमिन्टन खेलाडी म्याथियास बोएसँग विवाह गरेकी छन् ।

तापसी र म्याथियासको विवाह उत्सव मार्च २० देखि शुरू भएको थियो । उनीहरूको बिहै मार्च २३ मा भएको सम्पन्न भएपनि यसको सार्वजनिक हालैमात्र भएको खुलासा भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् । भारतको उदयपुरमा भएको विवाह समारोहमा परिवारका सदस्य, निकट साथी र केही बलिउड सहकर्मीको उपस्थिति थियो ।

शिख र इसाई परम्पराको मिश्रणअनुसार विवाह गरिएको हो ।

‘उनीहरुले विवाह समारोहलाई आफ्नो निजी मामिलाको रुपमा सीमित राख्न खोजेको देखिन्छ,’ एक भारतीय सञ्चारमाध्यममा लेखिएको छ ।

null

विवाहपछि तापसी र म्याथियास निकट साथीसँग होली मनाउँदै गरेको देखिएका छन् ।

तापसीले अभिनय गरेका ‘दोबारा’ र ‘थप्पड’लगायत चलचित्र चर्चित छन् ।

तापसी र म्याथियास एक दशकदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

डेनिस खेलाडी म्याथियास सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा रजत पदक जितेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्