२९ जेठ २०८३, शुक्रबार

गृहमन्त्री लामिछानेसँग चिनियाँ र पाकिस्तानी राजदूतको भेटवार्ता

चैत १४, २०८०
काठमाडौं
गृहमन्त्री लामिछानेसँग चिनियाँ र पाकिस्तानी राजदूतको भेटवार्ता

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत छन सोङले आज भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विपद्का बेला चीनले गर्दै आएको सहयोग अविष्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखे ।  

मन्त्री लामिछानेले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकीकरण र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्यापार प्रवद्र्धन र पर्यटन क्षेत्रमा थप सहयोग र सहकार्य आवश्यक रहेको औँल्याए । उनले चीनका केही सहरबाट भैरहवा र पोखरामा सीधा हवाई उडानको अपेक्षा राख्दा राजदूतले अधिकतम प्रयास भइरहेको जानकारी दिए । 

सो क्रममा नेपालको बृहत्तर हितका लागि सधैँ सहकार्य हुने भन्दै राजदूत सोङले सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको औँल्याए । 

उनले कानुन कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभुवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यसैबीच आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीले पनि भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्