
त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १४औँ इटहरी गोल्डकपको सेमीफाइनमा प्रवेश गरेको छ । साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टि सु्टआउटका आधारमा आर्मी २–१ गोल अन्तरले विजयी भएको हो । पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरी मात्र गोल गर्न सफल भए ।
बुधबारको खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे । उनलाई नगद १० हजार प्रदान गरिएको थियो । आज गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।