
सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबार प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावला सुन बिहीबार बढेर १ लाख २७ हजार ९०० रुपैयाँ कायम भएको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ५१० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १ हजार ५१० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १ हजार ४९० रुपैयाँ कामय भएको थियो ।