२५ जेठ २०८३, सोमबार

डा लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

चैत १५, २०८०
काठमाडौं
डा लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

सरकारले डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गरेको छ । सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन् । 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए । 

बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो । 

डा लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम(कामु) प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत रहेका थिए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अवकाशको केहीदिनअघि राजीनामा दिएसँगै रिक्त हुन पुगेको सचिव पदका लागि डा लम्साललाई बढुवा गरिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्