२४ जेठ २०८३, आइतबार
सन्दर्भः उपनिर्वाचन

को हुन् इलाम–२ मा रास्वपाले उम्मेदवार बनाएका लिम्बू ?

चैत १५, २०८०
काठमाडौं
को हुन् इलाम–२ मा रास्वपाले उम्मेदवार बनाएका लिम्बू ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । 

पार्टीले बिहीवार विज्ञप्ति जारी गर्दै अरु आकांक्षीले नाम फिर्ता लिएपछि लिम्बूलाई उम्मेदवार बनाइएको जनाएको छ । 

‘मिति २०८१ वैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा रास्वपाका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको  पूर्वप्रकाशित तालिकाअनुसार चैत्र १५ गते उम्मेदवारहरूबीच छलफल भयो,’ रास्वपाका केन्द्रीय निर्वाचन सचिव भूमिनन्द बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उक्त छलफलपश्चात् देहायका उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएकाले उल्लेखित निर्वाचन क्षेत्रहरूमा सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा एकल उम्मेदवार मात्र कायम रहेको छ ।’

null

कुनै समय नेकपा (माओवादी केन्द्र) निकट भएका लिम्बू पूर्वपत्रकार पनि हुन् । लिम्बूले दृष्टि साप्ताहिकमा सम्पादक भएर काम गरिसकेका छन् ।

उनले केही टेलिभिजनमा समाचारवाचको रुपमा पनि काम गरेका थिए ।

माओवादी पार्टी परित्याग गरेको घोषणा गर्दै उनले इलाम– २ का लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । इलाम घर भएका युवा उनै लिम्बूलाई रास्वपाले आफ्नो उम्मेदवार बनाएको हो । 

इलाममा एमालेले दिवंगत उपाध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाइसकेको छ । एमालेले यूवा उम्मेदवार अगाडि सारेपछि रास्वपाले पनि जनजाति पृष्ठभूमिका लिम्बूलाई उम्मेदवार बनाएको हो । 

उपनिर्वाचन नजिकिएसँगै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै निर्वाचन क्षेत्रमा अभियान थालेका थिए । आफूलाई अकबरे उम्मेदवार भन्दै प्रचार गर्दै आएका थिए ।

null 

कांग्रेसले पनि केही दिनमा उम्मेदवार तय गर्ने जनाएको छ । कोशी नामकरणका विरुद्धमा आन्दोलनरत पहिचानवादीहरूको तर्फबाट पनि इलाम– २ मा उम्मेदवारी दिने तयारी छ । 

परम्परागत दल र रास्वपामात्रै होइन, इलाममा पहिचानवादीहरू पनि प्रतिस्पर्धामा उत्रिन लागेका छन् । कोशी नामकरणमा असन्तुष्ट पहिचानवादी पक्षधरले पनि इलाममा उम्मेदवार दिएर जाने तयारी गरेका छन् । पहिचानवादीका तर्फबाट प्रेमदीप थाम्सुहाङ र डकेन्द्रसिंह थेगिमले उम्मेदवारी घोषणा गरेका छन् । थेगिम कोशीको पुनः नामकरण संघर्ष समितिका अध्यक्ष पनि हुन् । थाम्सुहाङको उम्मेदवारीलाई जनमत पार्टीले पनि समर्थन गर्ने घोषणा गरेको छ । 

२०७९ को चुनावमा इलाम– २ बाट रास्वपाबाट प्रकाश सापकोटाले १ हजार ३८० मत प्राप्त गरेका थिए । 

गत निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर चुनाव लड्दा एमाले एक्लै भिडेको थियो । जसमा सुवास नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । नेम्वाङले ३० हजार २० र खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ एमालेले २६ हजार ५६२ र कांग्रेसले २२ हजार ३३३ मत ल्याएका थिए । यस्तै रास्वपाले ४ हजार ६८६ मत ल्याएको थियो । 

गत निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नरहेकामध्ये माओवादी केन्द्रले समानुपातिकमा ५ हजार १५३ र एकीकृत समाजवादीले ५८६ हाराहारीमा मत पाएका थिए । 

रास्वपाका प्रकाश सापकोटाले १३८०, मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १ हजार ३६३, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुंवाले १ हजार २७२, जनता समाजवादी पार्टी (जसपा)का यामप्रसाद लिम्बूले ७२४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले ६८४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गणेशप्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्