२८ जेठ २०८३, बिहीबार

बागमतीमा मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्रीले आफैँसँग राखे पाँच मन्त्रालय

चैत १५, २०८०
काठमाडौं
बागमतीमा मन्त्रिपरिषद् पुनर्गठन, मुख्यमन्त्रीले आफैँसँग राखे पाँच मन्त्रालय

नयाँ सत्ता समीकरण बनेसँगै बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरेका हुन् । 

नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै सत्ता गठबन्धनमा हाम्रो नेपाली पार्टीको प्रवेश भएको छ । हाम्रो नेपाली पार्टीको साथ रहेमा बागमतीमा सत्ता गठबन्धन जोखिने अङ्कगणित थियो भने सोहीअनुसार सो पार्टीले साथ दिएपछि जम्कट्टेल नेतृत्वको सरकार जोगिने भएको छ । 

मन्त्रिपरिषद् पुनर्गठनअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्र मान बज्राचार्य संस्कृति, पर्यटन तथा सहरी विकासमन्त्री बनेका छन् । यस्तै लक्ष्मण लम्साल श्रम, राजेन्द्र मान श्रेष्ठ कृषि तथा पशुपक्षी, युवराज दुलाल भौतिक पूर्वाधार, गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला र कुमारी मोक्तान सामाजिक विकास मन्त्री रहेका छन् । 

अन्य बाँकी ५ मन्त्रालय भने हाललाई मुख्यमन्त्री आफैले राखेका छन् । ती मन्त्रालय एमालेलगायतलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिने छ । 

salt training

कमेन्ट गर्नुहोस्