२४ जेठ २०८३, आइतबार

सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

चैत १६, २०८०
काठमाडौं
सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता

अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयू)को एक सय ४८ औं महासभामा सहभागी भई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे नेतृत्वको दश सदस्यीय प्रतिनिधिमण्डल आज स्विट्जरल्यान्डबाट स्वदेश फिर्ता भएको छ ।
       
यही चैत १० देखि १४ गतेसम्म सङ्घको प्रधान कार्यालय जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

महासभामा सभामुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा सङ्घीय संसद्का तर्फबाट सम्बोधन गरेका थिए ।

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतकहरू नेपाली कांग्रेसका रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महेशकुमार बर्तौला, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी थिए ।

यस्तै राष्ट्रिय सभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई  र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्