२९ असार २०८३, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै पुग्यो १ लाख ३० हजार रुपैयाँ

चैत १६, २०८०
काठमाडौं
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै पुग्यो १ लाख ३० हजार रुपैयाँ

नेपाली बजारमा लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला २ हजार १ सय रुपैयाँले बढेको छ ।

बिहीवार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार प्रतितोला १ लाख २७ हजार रुपैयाँ ३ सयमा कारोबार भएको तेजाबी सुन आज १ लाख २९ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

बिहीवार प्रतितोला १ हजार ५ सय १०रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ५ सय २५ रुपैयाँ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्