०३ साउन २०८३, आइतबार
सरकारबारे गगनको धारणा

सरकारले कांग्रेसलाई पच्छाइहाल्छ, केही समयमा फेरि आइहाल्छौं– गगन थापा

चैत १६, २०८०
काठमाडौं
सरकारले कांग्रेसलाई पच्छाइहाल्छ, केही समयमा फेरि आइहाल्छौं– गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी फेरि सरकारमा पुग्ने बताएका छन् । सरकारले नै कांग्रेसलाई पच्छाउने उनले दाबी गरे । 

संवाद यात्राको क्रममा शुक्रवार कपिलबस्तुको लबनीमा कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा भए पनि नभए पनि देशलाई निकास र भरोसा दिने काम कांग्रेसको भएको बताएका हुन् । 

‘कांग्रेसको कार्यक्रममा जहाँ गइरहेको छु बाहिरभन्दा निरासा पार्टीभित्र छ । अहिले सरकारमा छैनौं, भर्खर गएको हो एक/डेढ हप्ता त भयो । फेरि आइहाल्छौ, धेरै पनि छैन । केही समयमा आइहाल्छौं । सरकारले कांग्रेसलाई पच्छाइहाल्छ’ थापाले भने । 

उनले देशमा भइरहेको निराशालाई कांग्रेसले मात्र निकास दिन सक्ने बताए । ‘एमालेसँग आन्दोलन गर्ने क्षमता छ, नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता छ । देशलाई निकास दिन सक्ने चरित्र भएको पार्टी कांग्रेस मात्र हो,’ थापाले भने । 

महामन्त्री थापाले बिहीवार पनि कार्यकर्तालाई केन्द्र सरकारको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै केही समयमा फेरि सरकार चलाउने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्