![स्वास्थ्यकर्मीमाथिको दमनविरुद्ध इजरायली दूतावास अगाडि प्रदर्शन [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/_AB_0026_2_iH4OHetmhy.jpg)
इजरायल दूतावास अगाडि प्रदर्शन शुक्रवार प्रदर्शन भएको छ ।
इजरायल -प्यालेस्टाइन युद्धका बेरा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमाथि गरेको क्रूर दमनको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
शुक्रवार टिचिङ अस्पतालबाट मार्च पास गर्दै उनीहरूले इजरायल दूतावास अगाडि प्रदर्शन गरेका थिए ।
'हामी नेपाली चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र अन्य विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै नेपाली तर्फबाट इजरायल सरकारले प्यालेस्टाइनका नागरिक माथि देखाएको कुर बर्बरताको घोर भर्त्सना गर्दछौं', उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्।
अक्टोबर ७ देखि गाजामा शुरू भएको इजरायली कारबाहीमा ६८५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्।









