०४ साउन २०८३, सोमबार

आयरल्यान्ड ए विरुद्धको खेलमा लोकेश बमको शानदार शतक

चैत १६, २०८०
काठमाडौं
आयरल्यान्ड ए विरुद्धको खेलमा लोकेश बमको शानदार शतक

आयरल्यान्ड ए विरुद्धको खेलमा नेपाल ए टीमका ओपनर लोकेश बमले शानदार शतक प्रहार गरेका छन् ।

५२ बल खेलेका बमले ८ छक्का र ८ चौकाको मद्दतमा शतक पूरा गरे । समग्रमा ५६ बल खेल्दै उनी १०६ रन बनाएर आउट भए ।

हारतर्फ उन्मुख भएको नेपाली पारीलाई आरिफ शेखसँग मिलेर उकासेका उनी जीत नजिक पुर्‍याएर आउट भएका हुन् ।

आयरल्यान्डले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको हो । लोकेशले कप्तान विनोद भण्डारीसँगै पारीको शुरूआत गरेका थिए ।

यसबीचमा क्याच ड्रप भएर उनले जीवनदान पनि पाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्