०२ साउन २०८३, शनिबार

लाओसबाट ५ हजार मेगावाट विद्युत आयात गर्दै भियतनाम

चैत २१, २०८०
काठमाडौं
लाओसबाट ५ हजार मेगावाट विद्युत आयात गर्दै भियतनाम

हनोई– औद्योगिक विकासमा तीब्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ ।

भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ ।

भियतनामी न्युज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ ।

पछिल्ला वर्षहरूमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरूमा विद्युत माग तीब्र रुपमा बढेको छ । 

सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ । 
साथै फोहोर प्रशोधनबाट एक हजार १८२ मेगावाट र सर्वसाधारणका घरहरूमा जडान गरिएका सोलार प्यानलबाट एक हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्