
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले बुधवार विज्ञप्ति जारी गर्दै यही चैत्र २७ गते ३ बजेभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन् ।
गठबन्धन फेरबदल भएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधवार नै राजीनामा दिएका छन् । यसअघि उनी नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए ।
उनको राजीनामापछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन् ।