
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।
बुधवार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शर्माले राजीनामा घोषणा गरेका हुन् ।
मुख्यमन्त्रीमा रहिरहन उपयुक्त अवस्था नभएको भन्दै उनले विश्वासको मत पनि नलिइ पदबाटै राजीनामा दिएको घोषणा गरेका छन् ।
‘बैठक सञ्चालन हुँदै गर्दा, रोस्ट्रम आउँदै गर्दा विषय अलि फरक थियो । विश्वासको मत लिने कुरा थियो । तर परिवेश बदलियो । त्यो बदलिएको परिवेशअनुसार विश्वासका मत लिने परिवेश थियो । म प्रदेशसभामा विश्वासको मत लिन गइरहेको छैन,’ राजीनामा घोषणा गर्दै उनले भने, ‘पछिल्लो राजनीतिक परिस्थितिमा मैले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा रहिरहन उपयुक्त नदेखी आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको कुरा सभासमक्ष जानकारी गराउँछु ।’