११ साउन २०८३, सोमबार

जिल्ला न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चैत २१, २०८०
काठमाडौं
जिल्ला न्यायाधीश गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ ।

बुधवार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको प्रवक्ता वेदप्रसाद उप्रेतीले बताए ।

वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमती आरती गिरी रावलले मुद्दा दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतमा आज मुद्दाको सुनुवाइ भइरहेका बेला आरतीले इजलासमै विष सेवन गरेकी थिइन् ।​

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट उनलाई न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश भएको थियो ।

सर्वोच्च अदालतले उक्त आदेशलाई बदर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएपछि उनी निलम्बनमा छन् ।

 

यस्तो छ आदेश

nullnull

salt training

कमेन्ट गर्नुहोस्