डोटी, २६ असोज– राष्ट्रपति विद्यादेवी भण्डारीले भू–स्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडको अवलोकन भ्रमण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज (बिहीवार) बिहान दीपायलबाट नेपाली सेनाको हेलिकप्टरमार्फत खप्तड राष्ट्रिय निकुञ्ज पुगेर अवलोकन गरेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले खप्तड बाबाको मन्दिर, खप्तड त्रिवेणी मन्दिर र प्रसिद्ध शैलेश्वरी मन्दिरको दर्शन गर्नुभएको डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले खप्तडको सुन्दरताले आफूलाई प्रभावित पारेको बताइन् ।