
काठमाडौं २६ असोज– एकसाता पहिले मात्र वामपन्थी गठबन्धनमा सहभागि भएर उत्साही देखिएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति एक्लै चुनावमा जानसक्ने संकेत गरेका छन् । उनले वैंकल्पिक राजनीतिक अभियानमा दृढ रहन आह्वान गरेका छन् ।
राष्ट्रिय युवा अभियानको भेलालाई बिहीवार काठमाडौंमा सम्वोधन गर्दै भट्टराईले पुराना शक्तिहरु नसच्चिए नयाँ शक्ति एक्लै चुनावमा भागलिने बताएका हुन् । ‘सकेसम्म गठबन्धनमै रहेर निर्वाचनमा सहभागी हुने प्रयास हुन्छ । मिल्दै मिलेन र आवश्यक प-यो भने नयाँ शक्ति एक्लै चुनावमा जान्छ, त्यसका लागि तयार रहनुस’ उनले भने ।
गोरखामा माओवादी केन्द्रले बाबुरामका लागि सीट छाड्न तयार नभएपछि भट्टराई रुष्ट बनेका हुन् । भट्टराईले यसबिषयमा एमाले अध्यक्ष केपी ओलीसंग पनि कुरा गरिसकेका छन् ।
बाबुरामका लागि माओवादीले गोरखाका दुबै निर्वाचन क्षेत्र नछाड्ने बताएपछि बाबुराम समूह वामपन्थी गठबन्धनबाटै अलग्गिने सम्भावना रहेको स्रोतको दावी छ ।