२९ जेठ २०८३, शुक्रबार

गोली पड्काएर दिनदहाडै ५ लाखभन्दा बढी रकम लुटपाट !

चैत २१, २०८०
विराटनगर
गोली पड्काएर दिनदहाडै ५ लाखभन्दा बढी रकम लुटपाट !

सुनसरीमा गोली पड्काएर दिनदहाडै लुटपाट गरिएको छ ।

इनरुवा नगरपालिका–९ र हरिनगरा गाउँपालिका–३ को सीमानास्थित नहरनजिकको एकान्त स्थानमा गोली पड्काएर लुटपाट गरिएको हो ।

बुधवार दिउँसो २ः१५ बजेतिर हरिनगरा–२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रुपैयाँ नगद लुटिएको खबर आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानबाट लुटपाट भएको खुलेपनि घटनामा संलग्नको पहिचान भइनसकेको उनले बताए । अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालय इनरुवाबाट मोटरसाइकलबाट घर फर्कँदै थिए । 

‘गोली पड्किएकोजस्तो आवाज सुनेपछि उनले मोटरसाइकल रोकेका रहेछन्,’ एसपी पोखरेलले भने, ‘अन्सारीले आफ्नो मोटरसाइकल रोक्नासाथ अर्को मोटरसाइकलमा रहेका ३ जना व्यक्तिले लुटपाट गरेछन् ।’ 

लुटेरा समूहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगञ्ज र हरिनगरा, प्रहरी चौकी भुटाहालगायतका विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको एसपी पोखरेलले बताए । 

लुटेराको खोजीका लागि सशस्त्र प्रहरीसँग समन्वय गरेर नेपाल–भारत सीमा क्षेत्रमा समेत चेकजाँचलाई कडा पारिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्