२२ जेठ २०८३, शुक्रबार

घुस लिएको अभियोगमा चीनको फुटबल संघका पूर्वप्रमुखलाई आजीवन कारावासको सजाय

चैत २२, २०८०
काठमाडौं
घुस लिएको अभियोगमा चीनको फुटबल संघका पूर्वप्रमुखलाई आजीवन कारावासको सजाय

चीनको फुटबल संघ सीएफएका पूर्वप्रमुख चेन शुयुआनलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ । उनले आठ करोड युआन (झन्डै डेढ अर्ब नेपाली रुपैयाँ) घुस लिएको गत ज्यानुअरीमा स्वीकार गरेका थिए।

फुटबल क्षेत्रमा मात्रै एक दर्जनजना भन्दा बढी प्रशिक्षक र खेलाडी अनुसन्धानको घेरामा परेका छन् ।

मध्यचीनको ह्वाङ्शी प्रान्तस्थित एउटा अदालतमा चलेको मुद्दाका क्रममा चेनले सन् २०१० देखि २०२३ को अवधिमा भ्रष्टाचार गरेको अदालतले ठहर गरेको  चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार त्यसअघि शाङ्घाई इन्टरन्याश्नल पोर्ट ग्रूपको अध्यक्ष हुँदा पनि उनी अवैध गतिविधिमा संलग्न भएको प्रमाणित भएको थियो । अभियोजनकर्ताहरूले विभिन्न परियोजनाको सम्झौता दिलाउन र खेलकुदका कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा दिएबापत चेनले रकम र बहुमूल्य सामग्री लिएको बताएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार अन्य तीन वरिष्ठ अधिकारी पनि भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्