०४ साउन २०८३, सोमबार

आयरल्यान्ड वुल्भ्सविरुद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल 'ए'

चैत २३, २०८०
काठमाडौं
आयरल्यान्ड वुल्भ्सविरुद्ध आज दोस्रो एकदिवसीय खेल खेल्दै नेपाल 'ए'

टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्दै छ । दुई टिमबीचको खेल आज बिहान त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरू हुनेछ । 

नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघि पहिलो एकदिवसीय खेलमा नेपाल वुल्भ्ससँग २१ रनले पराजित भएको थियो । 

त्यसअघि वुल्भ्सले नेपाल ‘ए’ सँगको ट्वान्टी–२० शृंखला आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो । शृंखलाको अन्तिम खेल आइतबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्