
सामसङले नयाँ वर्ष अफर ल्याएको छ । नयाँ वर्ष २०८१को उपलक्ष्यमा खुसी फैलाउने लक्ष्यका साथ सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई’ अफर ल्याएको हो ।
जसमा ग्राहकहरूले, आफूलाई मन परेको टीभी खरिद गर्दा ३८प्रतिशत, फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने सामसङले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरूले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत् उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टीभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्ने छन् । यो विशेष छुट अफर आगामी ज्येष्ठ २ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।
नयाँ वर्षको अफरमा ग्राहकलाई टीभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल् यूएचडी, फ्रेम र क्युएलईडीलगायत टीभी खरिद गर्दा ३८प्रतिशतसम्म छुट दिएको छ । मात्र आफ्नो नागरिकता पेस गरी ग्राहकहरूले ५५ इन्च वा त्योभन्दा ठुलो टीभी खरिद गर्दा इनस्टान्ट लोन पाउने कप्नीले जनाएको छ ।
इनस्टा फाइनान्स सेवामार्फत् ईएमआई १८ महिनाको अवधिमा तिर्ने विकल्प पाइने छ भने ४३ इन्च वा सोभन्दा सानो टीभी खरिद गर्दा ईएमआई तिर्न १२ महिनाको अवधि पाइने छ ।
यसको साथै कुनै पनि सामसङ टीभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा त्यसमा आकर्षक छुट पाउने कम्पनीले जनाएको छ । अझ छानिएका सामसङको ७५ इन्चभन्दा ठुलो क्रिस्टल् यूएचडी टीभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने एयू ७७०० मोडलका ५५ र ६५ इन्च यूएचडी टीभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८/१२८) मोबाइल फोन मा ५०००को छुट पाउने कम्पनीले जनाएको छ ।
सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३०प्रतिशतसम्म छुट प्रदान गरेको छ । सामसङको कुनै पनि विशेष टीभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्ने छन् ।