
निर्वाचन आयोगले देशभर १० हजार ८९२ मतदानस्थल तोकेको छ । आयोगको बुधबार र बिहीबार बसेको बैठकले देशभर १० हजार ८९२ मतदानस्थल तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार आगामी वैशाख १५ गते हुने उपनिर्वाचन प्रयोजनका लागि इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र तोकिएको छ । यस्तै, बझाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।