०५ साउन २०८३, मंगलबार

एकदिवसीय क्रिकेट शृङ्खला : नेपालको निम्छरो ब्याटिङ, एक खेल अगावै​ सिरिजमा आयरल्याण्ड ‘ए’को कब्जा​​​​​

चैत २३, २०८०
काठमाडौं
एकदिवसीय क्रिकेट शृङ्खला : नेपालको निम्छरो ब्याटिङ, एक खेल अगावै​ सिरिजमा आयरल्याण्ड ‘ए’को कब्जा​​​​​

आयरल्यान्ड ‘ए’ले एक खेल अगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको छ । ​

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई १ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खलामा कब्जा जमाएको हो ।

आयरल्यान्ड ‘ए’ पहिलो खेलमा २१ रनले विजयी भएको थियो ।​​

आयरल्यान्ड ‘ए’ले जितका लागि प्रस्तुत गरेको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६ दशमलव पाँच ओभरमा ६० रनमा समेटियो । नेपाल ‘ए’ टोलीका कुनै पनि ब्याटरहरूले उल्लेख्य रन बनाउन सकेनन् । 

नेपाल ‘ए’का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

पाँच ब्याटरहरू देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमल ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए ।  नरेन भट्टले छ, अर्जुन साउदले पाँच, बसिर अहमदले छ र सहाब आलमले एक रन बनाए ।

आयरल्यान्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्याड र थोमस माएजले दुई/दुई विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो । 

उसका लागि गानिभ होयले अर्धशतकीय पारी खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौको सहयोगमा ५० रन बनाए । कप्तान निल रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । 

नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन/तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल ऐरीले एक विकेट लिए । 

प्रतियोगिताको अन्तिम खेल आइतवार हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्