१२ असार २०८३, शुक्रबार

उपनिर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता

चैत २३, २०८०
काठमाडौं
उपनिर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।

इलाम २ को प्रतिनिधि सभा र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुन लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारीमाथि चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

चैत्र २६ गते ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताका समय तोकिएको छ ।

२७ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्