०३ असार २०८३, बुधबार

पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिरोको जोखिम, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

चैत २३, २०८०
तनहुँ
पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिरोको जोखिम, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह

मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्ड अन्तर्गत तनहुँको व्यास–१ मुसेखोला नजिक सडक विस्तारका क्रममा पहिरो खस्ने जोखिम रहेको छ ।

सडकबाट करिब ७२ मिटरको उचाइमा एक सय मिटर जमिन चिरा परेर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जुनसुकै समयमा पहिरो खस्नसक्ने खतरा देखिएकाले राजमार्ग भएर गुड्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गराइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सडक योजनासँग समन्वय गरी वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेका छन् ।

उक्त राजमार्ग भएर गुड्ने सवारीसाधनलाई सोही वडाको तालघरेबाट व्यास–११ को रानीगाउँ हुँदै घाँसीकुवा निस्कने गरी भित्री सडक प्रयोगको लागि व्यवस्था मिलाइएको उनले बताए।

null

salt training

कमेन्ट गर्नुहोस्