×

NMB BANK
NIC ASIA

मानवीय सङ्कटको सामना गर्दै दक्षिणी अफ्रिका

काठमाडाैं | चैत २४, २०८०

NTC
Premier Steels

जोहानेसबर्ग–दक्षिणी अफ्रिकामा ठूलो खडेरी र बाढीका कारण लाखौँ मानिसले भोकमरी, कुपोषण र पानीको अभावको सामना गरिरहेको सीएनएनले बताएको छ । 

Muktinath Bank

सहायता समूह अक्सफामले जारी गरेको गम्भीर चेतावनीमा दुई करोड ४० लाख मानिस प्रभावित भएको र अवस्था ‘अकल्पनीय मानवीय सङ्कट’ मा परिणत हुनसक्ने विज्ञहरूलाई डर भएको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशान्त महासागरमा उत्पन्न हुने प्राकृतिक जलवायु घटना अल निनोका कारण प्रचलित खडेरी अझ तीव्र भएको छ । अल निनोले दक्षिणी अफ्रिकामा उच्च तापक्रम र कम वर्षा ल्याउँछ । यसले सुक्खाको स्थिति बढाउँछ । वर्षा हुँदा सुक्खा जमिनले बाढीको खतरा बढाउँछ । 


Advertisment
Nabil box
Kumari

मुख्यरूपमा जीवाश्म इन्धन उत्सर्जनबाट सञ्चालित अल निनोले व्यापक जलवायु सङ्कटका प्रभावहरूलाई बढाउँछ । सिएनएनका अनुसार यो सङ्कटले दक्षिणी अफ्रिकामा खडेरी र बाढीसहित बारम्बार थप गम्भीर मौसमी घटनाहरू निम्त्याउँछ । यसलाई अक्सफामले ‘जलवायु प्रकोप हटस्पट’ भनेर चिनाएको छ । 

Vianet communication

दक्षिणी अफ्रिका आफ्नो परम्परागत सुक्खा मौसममा प्रवेश गर्दा अङ्गोला, बोत्स्वाना, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, मलावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बाब्वेजस्ता मुलुक पहिलादेखि नै लामो समयसम्म सुक्खा अवस्थाबाट ग्रस्त छन् । 

मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयको हालैको प्रतिवेदनले जनवरीको अन्त्यदेखि फेब्रुअरीसम्म वर्षाको स्तर कम्तीमा ४० वर्षमा सबैभन्दा कम रहेको देखाएको छ । यसका साथै यस क्षेत्रको मध्य भागमा फेब्रुअरीमा एक शताब्दीभन्दा पनि बढी समयमा सबैभन्दा सुक्खा अनुभव गरिएको युनाइटेड स्टेट्स एजेन्सी फर इन्डरनेसनल डेभलपमेन्टको भोकमरी प्रारम्भिक चेतावनी प्रणाली नेटवर्कले जनाएको छ । 

यसको असर कृषिमा नराम्ररी परेको छ । अत्यधिक खडेरीले जाम्बिया, मलावी र मध्य मोजाम्बिकमा २० लाख हेक्टरभन्दा धेरै बालीमा क्षति पुर्याएको छ । यसबाट खाद्य असुरक्षा बढेको छ । 

मलावीका राष्ट्रपतिले चरम मौसमको स्थितिका कारण लागातार चौथो वर्ष मुलुकका अधिकांश हिस्सामा प्रकोपको अवस्था घोषणा गरेका छन् । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले मलावीमा जलवायु सङ्कटमा अल निनोको मिश्रित प्रभावलाई उजागर गरेको छ । 

विश्वव्यापी उत्सर्जनमा न्यूनतम योगदान दिए पनि दक्षिणी अफ्रिका जलवायु परिवर्तनका लागि उच्च जोखिममा रहेको छ । उत्सर्जन नगन्य रहेको मोजाम्बिकमा ३० लाख मानिसले भोकमरीको सामना गर्नुपरेको छ । राजधानी मोपुटोले मार्चमा विनाशकारी बाढीको अनुभव गर्नुपरेको छ । 

एक्सनएडको अन्तर्राष्ट्रिय क्लाइमेट जस्टिस लिडका टेरेसा एन्डरसनले अन्यायको निन्दा गर्दै थोरै काम गर्दा मोजाम्बिक जस्ता गरिब मुलुकहरू सङ्कटको चपेटामा परेको बताए । उनले धनी प्रदूषणकारी मुलुकहरूलाई जिम्मेबारी लिन र कमजोर समुदायको सहयोगका लागि जलवायु वित्त प्रदान गर्न आग्रह गरे । 

अक्सफामका दक्षिणी अफ्रिका कार्यक्रम निर्देशक माचिन्डा मारोङ्वेले तत्कालीन अवस्थालाई ध्यानमा राख्दै दाताहरूसँग बढ्दो मानवीय प्रकोपलाई रोक्न तत्काल स्रोतहरू जारी गर्न आग्रह गरे । ‘यी सबै मुलुकले एकसाथ धेरै सङ्कटको सामना गर्नुपरेको छ, त्यसैले तत्काललाई अतिरञ्जित गर्न सकिँदैन,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x