×

NMB BANK
NIC ASIA

प्रहरी अस्पतालले ८ महिनामा दियो एक लाख ८० हजारलाई सेवा

काठमाडाैं | चैत २४, २०८०

NTC
Sarbottam
नेपाल प्रहरी अस्पतालको निरीक्षण भ्रमणका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्वागत गर्दै स्वास्थ्य निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह ।
Premier Steels
Marvel

चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले एक लाख ८० हजार ६ सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । 

Muktinath Bank

प्रहरी अस्पतालको सेवा प्राप्त गर्नेमा बहालवाला प्रहरी ६१ हजार ६ सय चार, प्रहरी परिवारका सदस्य ६२ हजार आठ सय ९३, अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार दुई सय २५, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार पाँच सय ९८ तथा सर्वसाधारण १० हजार तीन सय ३८ जना रहेका सो अस्पतालका स्वास्थ्य निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले जानकारी दिइन् । विसं २०४० चैत २७ गते सेवा आरम्भ गरेको प्रहरी अस्पतालले समयानुकूल सेवा विस्तार गर्दै आएको उनले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अस्पतालको विकास, विस्तार र गुणस्तर वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिबाट सेवा प्रदान गर्दै आएको तथा अस्पताल चार दशकदेखि स्वास्थ्य सेवामा निरन्तर प्रतिवद्ध रहँदै आएको छ,’ निर्देशक डा सिंहले भनिन् ।  


Advertisment
Nabil box
Kumari

बहालवाला तथा पूर्वप्रहरी कर्मचारी र तिनका परिवारको स्वास्थ्य उपचारको प्रमुख लक्ष्यका साथ स्थापित उक्त अस्पतालले २०७४ कात्तिक २६ गतेदेखि औपचारिक रुपमा सर्वसाधारणलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गर्दैआएको छ । सो अस्पतालबाट हाल आकस्मिक, बहिरङग, अन्तरङ्ग, फिजियोथेरापी, फार्मेसी, प्याथोलोजी, रेडियोलोजी, सर्जरी लगायतका सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।  
    
अस्पतालले आफूलाई समयानुकूल विकसित र परिमार्जित गराउँदै आएको र हाल नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाँके, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा, मधेस प्रदेश प्रहरी अस्पताल रुपनी, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायल, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी र बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडाबाट समेत सेवा प्रदान गर्दै आएको छ । 

Vianet communication
Laxmi Bank

‘राष्ट्रिय सुरक्षाको मुख्य जिम्मेवारी बहन गर्दै आएको नेपाल प्रहरीले स्वास्थ्य सेवामा समेत महत्वपूर्ण योगदान पुर्याएको छ । सेवाको सहज पहुँच र गुणस्तरीय सेवाबाट प्रहरी कर्मचारीको मनोबल उच्च भइ कार्यसम्पादनमा प्रभावकारिता बढेको छ । अस्पताललाई स्वास्थ्य उपचारको आस्थाको केन्द्र बनाउन प्रहरी अस्पताल प्रयासरत छ,’ निर्देशक डा सिंहले भने । अस्पतालका सबै युनिटमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी समेत गरी जम्मा एक हजार सात प्रहरी कर्मचारी हाल कार्यरत छन् ।  

मानव स्वास्थ्यजस्तो संवेदनशील र अपरिहार्य सेवा प्रदान गर्न प्रहरीका स्वास्थ्य कर्मचारीहरुले अथक मेहनत र प्रयास जारी राखेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल बताए । उनले भने, ‘अस्पतालको सेवालाई थप गुणस्तरीय, विश्वसनीय र उत्तरदायी बनाउन एवम् अस्पताललाई सुदृढ, सक्षम र अब्बल संस्था बनाउन आवश्यक नीति नियमको तर्जुमा गर्दै अगाडि बढ्न विशेष पहल भइरहेको छ ।’ 

विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच पुर्याउन समय–समयमा विशेषज्ञ चिकित्सकसहितको टोली खटाएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको निर्देशक डा सिंहले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x