०५ साउन २०८३, मंगलबार

इलाम-२ : सत्ता समीकरणकै दुईसहित अहिलेसम्म आठ जनाले गराए मनोनयन दर्ता

चैत २४, २०८०
काठमाडौं
इलाम-२ : सत्ता समीकरणकै दुईसहित अहिलेसम्म आठ जनाले गराए मनोनयन दर्ता

उपनिर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । सुहाङसहित हालसम्म आठ जनाले मनानयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुगेका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहेका छन् । सुहाङले मनोनयन दर्तामा जानुअघि भानुरत्न चोक इलाममा रहेको सहिद रत्नकुमार वान्तवा, सहिद बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिएको थियो । 

त्यसअघि नेपाली कांग्रेसका डम्बर खड्काले मनोनयन दर्ता गराएका थिए । अहिलेसम्म कांग्रेस-एमालेसहित आठ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । 

सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराएका थिए । यस्तै, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गरेका छन् । 

डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन् । एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् । एकीकृत समाजवादी सत्ता समीकरणमै भए पनि मनोनयन गर्दा गराएको हो । यस्तै समीकरणमै रहेको रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्