०२ साउन २०८३, शनिबार

प्रदेशसभा उपनिर्वाचन : बझाङमा कांग्रेसका अभिषेक सिंहले गराए उम्मेदवारी दर्ता

चैत २४, २०८०
बझाङ
प्रदेशसभा उपनिर्वाचन : बझाङमा कांग्रेसका अभिषेक सिंहले गराए उम्मेदवारी दर्ता

बझाङ प्रदेशसभा १ (१)मा नेपाली कांग्रेसका अभिषेक सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि सिंहले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

अघिल्लोपटक बुवाले जितेको क्षेत्रमा कांग्रेसले छोरा अभिषेकलाई उम्मेदवार बनाएको हो । 

प्रदेशसभा सदस्य एवं कानूनमन्त्री भएकै बेला अभिषेकका बुवा पृथ्वीबहादुर सिंहको दुर्घटनामा परी निधन भएको थियो । 

बझाङमा नेकपा एसबाट दिल सिंह, जसपा नेपालबाट रामबहादुर दर्जी, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्