×

NMB BANK
NIC ASIA

जनमत परीक्षण

इलाम उपनिर्वाचन : त्रिपक्षीय भिडन्तमा पहिचानवादी तगारो, कसले मार्ला बाजी ?

काठमाडाैं | चैत २४, २०८०

NTC
Premier Steels

उम्मेदवारको मनोनयन दर्तासँगै इलाम–२ मा अब कसले बाजी मार्ला भन्ने आकलन शुरू भएको छ ।

Muktinath Bank

प्रतिनिधि सभाको एक सिटका लागि आगामी वैशाख १५ गते हुने निर्वाचनमा भाग लिन स्वतन्त्रसहित २० उम्मेदवारले मनोनयन गर्दा गराएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि दुई पक्षीय भिडन्त भएको इलाममा यसपटक चारपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । एमाले सांसद सुवास नेम्वाङले अघिल्लो निर्वाचनमा ११४ को साँघुरो मतान्तरले चुनाव जितेका थिए ।​


Advertisment
Nabil box
Kumari

त्यतिखेर कांग्रेसका डम्बरबहादुर खड्का जीत निकट पुगेर पनि पराजित भएका थिए । अघिल्लोपटक दुई पक्षीय मात्रै प्रतिस्पर्धा भएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । 

Vianet communication

देशका अन्य शहरी भाग र मतदातामा प्रभाव जमाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अघिल्लोपटक इलाम–२ मा प्रभाव जमाउन सकेको थिएन । अघिल्लोपटक रास्वपाका प्रकाश सापकोटाले १३८० मत प्राप्त गरेका थिए ।

नेम्वाङको निधनपछि इलाम–२ मा उपचुनाव हुन लागेको हो ।

null

तर यसपटकको चित्र भने फरक देखिँदैछ । एमालेले नेम्वाङका ३२ वर्षीय पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ । बुवा सुवासको अप्रत्याशित निधनपछि उम्मेदवार बनेका सुहाङलाई सहानुभूतिको मत आउन सक्ने देखिन्छ । अघिल्लोपटक कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले साथ दिँदा सुहाङ यसपटक बलियो दाबेदार देखिएका छन् ।​

अघिल्लोपटकका बलियो प्रतिस्पर्धी कांग्रेसका खड्का फेरि पनि चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लोपटक साँघुरो मतान्तरले पराजय बेहोर्दा खड्काले माओवादीसहित तत्कालीन गठबन्धनको मत पाएका थिए । यसपटक कांग्रेसलाई यो सुविधा छैन ।

तर, स्थानीय तहको निर्वाचनमा कांग्रेसले अघिल्लोपटक यो निर्वाचन क्षेत्रमा पर्ने पालिका र वडामा बलियो उपस्थिति जनाएको थियो । यसैले फेरि पनि कांग्रेसले सुहाङलाई बलियो चुनौती दिने देखिएको छ । फेरि पनि दुई पुराना र ठूला दल एकातिर आमनेसामने हुने स्थितिमा छन् । 

अर्कोतिर अघिल्लोपटक १५ सय मत पनि कटाउन नसकेको रास्वपा यसपटक तयारीसहित चुनावी मैदानमा उत्रिएको छ । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका इलामकै रैथाने मिलन लिम्बूलाई रास्वपाले मैदानमा उतारेको छ । अघिल्लो निर्वाचन र उपनिर्वाचनमा रास्वपाले तहल्का नै मच्चाएको थियो । २०८४ को चुनावमा बहुमत ल्याउने दाबी गर्दै आएको रास्वपालाई आफ्नो मिसनमा अगाडि बढेको देखाउने चुनौती थपिएको छ । यसको खरो परीक्षा इलाम २ मै हुने देखिएको छ । 

अर्कोतिर कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएको पहिचान पक्षधरको उम्मेदवारी पनि इलाममा फरक खालको प्रतिस्पर्धा हो । अघिल्लो निर्वाचनमा पहिचानवादीको पहिचान नै नहुँदा निर्वाचन दुई पक्षीय मात्रै भएको थियो । भूगोल र देशकै राजनीतिलाई प्रभाव पार्ने गरी पहिचानवादीहरूले पूर्वमा यसपटक राम्रै हल्ला खल्ला गरेका छन् । 

null

पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । उनलाई प्रदेश १ को पुनः नामकरण संघर्ष समितिमा आबद्ध ४१ बढी घटकसहितका दलको समर्थन रहेको छ । 

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, जसपासहितका दलको पनि समर्थन छ । यसैले पहिचानवादीहरूको दाबेदारीलाई पनि यसपटक कम आँक्न सक्ने स्थिति नरहेको नेताहरू बताउँछन् । पहिचानवादीका उम्मेदवार लिम्बू लामो समय एमालेमा सक्रिय भएका नेता हुन् । यसैले पहिलोचानवादीको मुख्य निशानामा रहेको एमालेकै भोट काटिने जोखिम धेरै रहेको नेताहरू बताउँछन् । 

आफ्नो प्रभाव र विरासत भएको ठाउँमा फेरि पनि हार्न नचाहने मनस्थितिसँगै मत र संगठनको बल पनि एमालेसँग छ । जित्दाजित्दैको चुनाव हार्नुपरेको कांग्रेसलाई उसै प्रतिष्ठाको विषय बनेको छ । 

एमालेको मत बाँडिँदा आफूहरूलाई फाइदा हुने बुझाइ पनि कांग्रेसको रहेको नेताहरू बताउँछन् । अर्कोतिर रास्वपा आफूलाई परम्परागत दलबाट अलग देखाउने बाटोमा हिँडेको छ । साथै पहिचानवादीहरू पूर्वमा आफ्नो अस्तित्व र प्रभाव जबर्जस्त रहेको देखाउने मानसिकतामा छन् । यसैले इलाममा तीन पक्षीय होइन चार पक्षीय नै प्रतिस्पर्धा हुन सक्ने देखिएको छ । 

राजनीतिक विश्लेषक कृष्ण पोखरेल पनि तीन पक्षीयबाट चारपक्षीय प्रतिस्पर्धा इलाममा हुन सक्ने बताउँछन् । ‘हेर्दा एमालेको ठाउँ हो । कांग्रेस पनि उत्तिकै प्रतिस्पर्धी देखिएको छ । रास्वपाले पनि राम्रो उम्मेदवार उठाएको छ । अघिल्लोपटक समानुपातिक मत पनि रास्वपाको राम्रो आएको देखिन्छ । यस्तोमा इलाममा तीनपक्षीय प्रतिस्पर्धा त हुने ने देखियो,’ पोखरेलले लोकान्तरसँग भने, ‘यसपटक पहिचानवादीहरू पनि थपिएका छन् । उनीहरूले आफ्नो मुद्दामा कत्तिको बुझाउन सक्छन् यसले प्रतिस्पर्धा चारपक्षीय पनि गराउन सक्छ । केही दिनको चुनावी क्याम्पेन हेरेपछि परिस्थितिबारे अलि बढी मूल्यांकन गर्न सकिन्छ । तर, दल विशेषलाई यसपटक धेरै नै सहज भने छैन ।’

null

अघिल्लोपटक कांग्रेससँग गठबन्धन गरेको माओवादीको भोट बाँडिने पोखरेल बताउँछन् । ‘अघिल्लोपटक एमाले एक्लै उठ्दा माओवादीको समर्थनमा कांग्रेसले प्रतिस्पर्धी भोट ल्यायो । यसपटक कांग्रेसले आफ्नो भोट जोगाउन सक्नेमा पनि शंका छ । उम्मेदवार नभए पनि माओवादीको भोट बाँडिने देखिएको छ,’ पोखरेलले भने, ‘माओवादीकै पृष्ठभूमिका रास्वपाको उम्मेदवारले माओवादीको भोट काट्ने पनि देखिएको छ । एमालेमा पनि नयाँलाई टिकट दियो भन्ने तुष देखिए परिस्थिति अर्को बन्न सक्छ । पहिचानवादीका उम्मेदवार एमाले पृष्ठभूमिका हुँदा उनले पनि भोट काट्न सक्छन् ।’

इलाममा देखिएको फरक चित्र भनेको अधिकांश जनजाति उम्मेदवार पनि हुन् । जनजातिका कुरा बढी उठ्दाको फाइदा कांग्रेसका उम्मेदवारले पनि उठाउन सक्ने विश्लेषक पोखरेल बताउँछन् ।  

‘धेरै जसो पार्टीका उम्मेदवार जनजाति पृष्ठभूमिका देखिनुभएको छ । जनजातिका कुरा बढी उठे भनेर जनमत जनजातिबाहेक पनि जान सक्छ,’ पोखरेल भन्छन्, ‘यस्तोमा फाइदा कांग्रेस उम्मेदवारले उठाउन पनि सक्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x