२३ जेठ २०८३, शनिबार

अब कर्मचारी पनि स्वास्थ्य बिमामा आबद्ध

चैत २५, २०८०
काठमाडौं
अब कर्मचारी पनि स्वास्थ्य बिमामा आबद्ध

अबदेखि स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भएको हो । 

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले तलब खाने जोकोही व्यक्तिलाई सङ्गठित व्यक्तिका रूपमा लिइएको बताए । उनका अनुसार ‘सङ्गठित व्यक्तिमा शिक्षक, निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, उद्योग कलकारखानामा काम गर्ने व्यक्ति पर्छन् । डा. लोहनीले कानुनमा सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बिमा गराउने भन्ने उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनतर्फ लैजान खोजिएको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्