२६ जेठ २०८३, मंगलबार

सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको १५ लाख लुटपाट

चैत २५, २०८०
सिरहा
सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको १५ लाख लुटपाट

सिरहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनी ट्रान्सफर’को रकम लुटपाट गरेको छ ।

सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनी ट्रान्सफरका लागि पुरुषोतम यादवले रु १५ लाख ५० हजार लैजाने क्रममा हरियाधारीले उक्त रकम लुटेका हुन् ।

जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराहरूले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा आउँदै गरेका यादवलाई रोकी लुटपाट गरेको प्रहरीको भनाइ छ ।​

हरियारधारीहरूले यादवसँग भएका ग्लोबल आईएमई बैंकका दुई वटा र राष्ट्रिय वाणिज्य बैंकका तीन वटा खाली चेक तथा मोबाइल लुटेर लगेका छन् । 

सो रकम विष्णुपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरण सङ्कलन भइरहेको जानकारी दिए ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्