१२ असार २०८३, शुक्रबार

गच्छदारले सक्याए सबैभन्दा धेरै राज्यकोषको रकम

कात्तिक २०, २०७४
गच्छदारले सक्याए सबैभन्दा धेरै राज्यकोषको रकम
काठमाडौं, २७ असोज - शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका मन्त्रीहरू घुमघाममै मस्त हुन थालेका छन्।

पार्टीगत तथा व्यक्तिगत काममा विभिन्न जिल्ला घुम्दा मन्त्रीहरूले अढाई महिनामै सरकारी ढुकुटीको ४५ लाखभन्दा बढी रकम सकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ।Gachhadar bijay

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका अनुसार साउन र भदौमा मात्रै मन्त्रीको भ्रमणमा ३७ लाख ३९ हजार १ सय ३७ रुपैयाँ सकिएको छ भने १५ असोजसम्म ८ लाखभन्दा बढीको बिल कार्यालयमा प्राप्त भएको छ, अन्नपूर्णले खबर छापेको छ ।

१५ दिनको अवधिमा विभिन्न मन्त्रीले ८ लाखभन्दा बढीको बिल बुझाएको कार्यालयले जनाएको छ। ‘धेरै मन्त्री भएकाले भ्रमण बिल अचाक्ली आउन थालेको छ, दैनिकजसो लाखौं रुपैयाँ माग गर्दै ४-५ जना मन्त्रीको बिल आइरहेको छ', मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिकृष्ण पन्थीले भने, ‘धेरै मन्त्री भएकाले भ्रमणमा धेरै खर्च हुनु स्वाभाविक हो तर यसलाई मितव्ययी बनाउन सके राम्रो हुन्छ।'

अढाई महिनामा सबैभन्दा बढी जिल्ला भ्रमण गर्नेमा उपप्रधानमन्त्री तथा संघीय मामिला एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार छन्।

salt training

कमेन्ट गर्नुहोस्