०५ असार २०८३, शुक्रबार

भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

चैत २५, २०८०
भक्तपुर
भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् ।

उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्