११ साउन २०८३, सोमबार

लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ

चैत २५, २०८०
बुटवल
लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आइतवार बुटवलमा मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महरा गत शुक्रवार मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा नेपाली कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकार ढलेसँगै लुम्बिनीको पाँचौं मुख्यमन्त्री बनेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्